Public Pana
कंग्रेस नेताहरुसँगको परामर्शपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसर्पण

सर्वोच्च अदालतको आदेश लगत्तै आममाफी पाएर रिहा भएका योगराज ढकाल रिगलले आत्मसर्पण गरेका छन् ।  
सर्वोच्च अदालतले रिगलको कैद मिनाहा आज बिहीबार बदर गरिदिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर रिगलले सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न भन्दै आत्मसमर्पण गरेका हुन ।

बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई प्रहरी हिरासतमा लिइएको पुष्टी गरेका छन् । स्रोतका अनुसार केन्द्रबाट कंग्रेस पार्टी निकट नेताहरुसँग छलफल गरे लगत्तै रिगकले प्रहरीमा पुगेर आत्मसमर्पण गरेका हुन । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update