Public Pana
ओमानसँग नेपाल ५ रनले पराजित

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले दिएको १४५ रन लक्ष्य पछ्याएको नेपाललाई १४० रनमै रोक्यो । 

नेपालले पूरा २० ओभर खेल्दै पूरा विकेटको क्षतिमा १४० रन बनायो । 

यसअघिघ ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । 

आजको खेलाडी दिपेन्द्र सिंह ऐरी खेलमा नहुदा हार बेहोर्नु परेको हो । ऐरी चोटका कारण घरमा आराम गरिरहेका छन् ।

ऐरी आजको खेलमा भएको भए जित नेपालकै हुने निश्चित रहेको खेल विश्लेषकले जनाएको हो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update