Public Pana
जबलियामा इजरायाली आक्रामणवाट अहिलेसम्म झन्डै २ सयको मृत्यु

 जबलियामा इजरायली बम विष्फोटमा परी अहिलेसम्म झण्डै २०० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बेपत्ता भएका छन्  । 

गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।

अलजजिराका अनुसार सो आक्रामणमा परी हालसम्म १ सय ९५ जना मारिएका पुष्टि भएका छ भने १२० जना अझै बेपत्ता रहेका छन् । कम्तिमा पनि ७७७ जना घाइते हुन पुगेका छन ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले जबलियामा मङ्गलबार र बुधबार भएकाे इजरायली हमलाहरूलाई ‘भयानक’ भनेका छन् ।

उता, मानव अधिकारका लागि संयुक्त राष्ट्र उच्चायुक्तले ‘असमान आक्रमणहरू युद्ध अपराध’ हुन सक्ने बताएको छ ।

इजरायलले भने हमासका एक कमाण्डरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update