Public Pana
ओमानले दियो नेपाललाई १ सय ४६ रनको लक्ष्य

काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोट खेलमा ओमानले नेपालसामु १४६ रनको लक्ष्य दिएको छ । 


बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे । गुल्सन झा र अविनाश बोहोराको नाममा एक÷एक विकेट रह्यो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update