Public Pana
संसदको अअधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को  बैठकले संघीय संसद्को अधिवेशन बिहीबार मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको  हो ।

मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो । 

यसअघि हिजो बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहीबारदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update