Public Pana
सन्दीपले लिए एकै ओभरमा लगातार दुई विकेट

लेग स्पिनर सन्दीप लामिछानेले एकै ओभरमा लगातार दुई विकेट लिँदै नेपाललाई छैटौँ सफलता दिलाएका छन्। 

सन्दीपले चौथो ओभरको दोस्रो बलमा ओमानका आयान खानलाई १८ रनमा आउट गरे। सन्दीपले नै त्यही ओभरको तेस्रो बलमा मेहहान खानलाई शून्य रनमा नै आउट गरे। 

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानलाई दबाबमा राखेको छ। 

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए। सोमपालले आफ्नो स्पेलमा मात्र १६ रन खर्चे। 

गुलसन झा, करण केसी र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे। 

छैटौँ ओभरको चौथो बलमा सोमपालले शोयब खानलाई श“न्य रनमा नै बोल्ड आउट गरे। 

पाचौं ओभरको अन्तिम बलमा गुलसन झा ले प्रतिक अथभालेलाई २४ रनमा रोहित पौडेलको हातबाट क्याच आउट गराए। 

त्यसअघि सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा अकिब इलियासलाई २ रनमा बोल्ड आउट गरे। 

अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा कश्यव कुमार प्रजापतिलाई ८ रनमा आउट गरे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले १४ औं ओभरको खेल जारी रहँदा ६ विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update