Public Pana
डोटीमा ट्याक्टर पल्टिँदा १को मृत्यु, १९ घाइते

हिजो बुधबार साँझ डोटीको जोरायलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।

भीमदत्त राजमार्गमा पर्ने जोरायल गाउँपालिका–१ घोरडीमा सु.प.प्र. ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा डोटीकै गौरीगङ्गा नगरपालिका ७ का १८ वर्षीय शालीन राना रहेका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी निशान्त श्रीवास्थवले जानकारी दिए । 

प्रहरीका अनुसार निर्माण सम्बन्धि मजदुर लिएर जोरायल गाउँपालिका-१ धोरडीबाट खटेना जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो।

घाइते १९ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा २५ जना मजदुर सवार थिए ।

घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको श्रीवास्तवले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update