Public Pana
नेपाल ओमानविरुद्ध टस जितेर फिल्डिङ गर्दै

आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आयोजक नेपालले ओमानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल शुरु भयो ।

नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । विवेक यादवलाई नै निरन्तरता दिने निर्णय लिएको छ ।

 नेपालको प्लेइङ ११ः

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update