Public Pana
संघीय संसद्को अधिवेशन आज अन्त्य गरिने

सरकारले बिहीबार संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । सरकारको यो तयारीसँगै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को चालू अधिवेशनमा पास नहुने निश्चित भएको छ ।

बिहीबारको बैठकमा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने बारेमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान मात्र विपक्षी दलका नेता केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउने विषयमा छलफल गरेका थिए ।

शीर्ष तहमा भएको छलफलले पनि तत्काल विधेयक अगाडि बढाउने संकेत नगरेपछि अधिवेशन अन्यको तयारी भएको नेताहरू बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update