Public Pana
नेपालको राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमा कायम : एसएसी

नेपालको राष्ट्रिय मानव अधिकार आयोग ए श्रेणीमा कायम रहेको छ । मानव अधिकार आयोगहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले गठन गरेको एक समितिले बुधबार नेपालको मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको हो ।

गानरीको सब कमिटी अन एक्रिडिएसन (एसएसी) ले मानव अधिकार आयोग ए श्रेणीमै रहने निर्णय गरेको आयोगका एक अधिकारीले जानकारी दिए ।

एसएसीले मानव अधिकार आयोगले आयोगसम्बन्धी ऐन निर्माणका क्रममा पदाधिकारी नियुक्ति पेरिस सिद्धान्तकै आधारमा गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरेको छ ।

मानव अधिकार आयोगका पदाधिकारीहरुको नियुक्ति विवादास्पद भएको भन्दै नेपालबाट नागरिक समाजको एक टोलीले आयोगलाई बी श्रेणीमा राख्न गानरीमा  सिफारिस गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आयोगका अध्यक्षसहित पदाधिकारी नियुक्ति हुँदा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई ५ सदस्यीय परिषदका ३ सदस्य मात्र उपस्थित भएर निर्णय गरिएको थियो ।

त्यस्तै उनीहरुको संसदीय सुनुवाइ पनि नभई नियुक्ति भएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update