Public Pana
आममाफी पाएर छुटेका रिगलको मुद्धामा सर्वोच्चले भोली निर्णय सुनाउने

संविधान दिवसको दिन सरकारबाट आममाफी पाएर छुटेका योगबहादुर ढकाल रिगल विरूद्धको मुद्दामा सर्वोच्च अदालतले भोली बिहीबार निर्णय सुनाउने भएको छ। 

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले भोलि बिहीबारलाई निर्णय सुनाउने दिन तोकेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। 

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट आममाफी पाएका थिए। आममाफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए। 

त्‍यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update