Public Pana
प्रधानमन्त्री प्रचण्ड एमाले–चियापानमा सरिक हुन च्यासल 

नेकपा (एमाले)ले आयोजना गरेको चियापानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ च्यासल पुगेका छन् ।

एमालेले दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर आज पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा विभिन्न दलका शीर्ष नेतालाई निम्ता गरिएको छ। शीर्ष नेताहरू चियापानमा सरिक हुने क्रम जारी छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसअघि नै च्यासल पुगिसकेका छन् भने अन्य दलका शीर्ष नेता पनि आउने क्रममा छन्।


 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update