Public Pana
एमालेको चियापान कार्यक्रममा सहभागि नभई माधव नेपाल लागे रौतहटतर्फ

आज (बुधबार) नेकपा (एमाले)को चियापान कार्यक्रम चलिरहेको छ। एमालेले पार्टी कार्यालय च्यासलमा चियापान आयोजना गरेको हो।

दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर एमालेले चियापान कार्यक्रम राखेको हो। यी पर्वका अवसर पारेर एमाले, कांग्रेस लगायतका राजनीतिक दलले चियापान कार्यक्रम गर्दै आएका छन्।

पार्टीको यी कार्यक्रममा अन्य दलका नेतालाई पनि निम्ता गर्ने परम्परा रहँदै आएको छ। यही परम्परा अनुरुप एमालेले विभिन्न दलका नेतालाई निम्ता पठाएको थियो।

यसै क्रममा एमालेले नेकपा (एकीकृत समाजवादी)लाई पनि औपचारिक निम्ता गरेको थियो। एमालेसँग छुट्टिएर छुट्टै पार्टी गठन गरेपछि एकीकृत समाजवादीलाई एमालेले पहिलो पटक औपचारिक कार्यक्रमको लागि निम्ता गरेको हो।

तर एमालेको चियापान कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी नहुने भएका छन्। 

१२ः३० देखि सुरु भएको एमालेको उक्त चियापान कार्यक्रममा विभिन्न दललाई निम्ता पठाइएको भए पनि ती दलका शीर्ष अझै आइपुगेका छैनन्।

उनीहरू दिउँसो साढे २ बजे आइपुग्ने खबर दिइएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update