Public Pana
संघीय संसद् अधिवेशन अन्त्य गर्ने तयारी

 संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । 

बुधबार बसेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा बिहीबारदेखि संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको अनौपचारिक रुपमा जानकारी गराइएको छ । 

संघीय संसदको अधिवेशन अन्त्य गर्ने सम्बन्धमा औचारिक रुपमा निर्णय भने भइसकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य र सुरु गर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update