Public Pana
राजधानीमै गोली चल्यो,  दुईजना  लागूऔषध कारोबारी पक्राउ

प्रहरीले काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर दुईजनालाई पक्राउ गरेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ । प्रहरीले झापाका हर्क लिम्बू र भारतको पश्चिमबंगालका मोहम्मद करिमलाई पक्राउ गरेको हो ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजिएपछि करिममाथि गोली प्रहार गरिएको अपराध महाशाखाले जनाएको छ । उनको दाहिने तीघ्रामा गोली लागेको छ ।

उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र तराजु बरामद गरेको प्रहरीको भनाइ छ ।  
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update