शुभमुहूर्त भयो महाजात्राको

नेपाली कथानक चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ ।
काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज बुधबार शुभमुहूर्त गरिएको हो ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन् ।
दीपेश खत्री (म्याक्स) र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। चलचित्रमा लेखक निर्देशक भट्टराईकै रहनेछ ।
चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा रहनेछन् ।
बुधबारबाटै छायांकन सुरु हुने चलचित्र ‘महाजात्रा’ चैत ९ गते रिलिज हुनेछ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८० १२:४३
प्रतिक्रिया दिनुहोस्