Public Pana
लेक लागेर महासचिव गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको मृत्यु

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ।

मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने हिमालयन भन्ने ठाउँमा ढुंगानाको लेक लागेर निधन भएको कास्की प्रहरीका प्रवक्ता डीएपसी श्रवणकुमार बिकले जानकारी दिए। 

महासचिव गुटेरेस फर्किएलगत्तै प्रहरी सहायक निरीक्षकसहितको टोली अन्नपूर्ण बेसक्याम्पबाट फर्किएको थियो। 

हिमालयनमा बास बसेका उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएको थियो।

तत्काल उनलाई हेलिकोप्टरमार्फत् पोखरा ल्याइएको थियो।

बिहान ९ः४० मा डाक्टरले उनलाई मृत घोषणा गरेका डीएसपी बिकले जानकारी दिए। 

ढुंगाना हेलिकोप्टरबाट कात्तिक ११ गते आधार शिविर पुगेका थिए।

उनी पर्वतका हुन्। अन्नपूर्ण आधार शिविर पुगेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा त्यहाँका तस्वीरहरु राखेका थिए।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update