Public Pana
संयुक्त राष्ट्रसंघका महासचिवको सुरक्षामा एबिसी क्याम्पस पुगेका असईको लेक लागेर मृत्यु

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ। 

महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने तालिका अनुसार त्यसअघि त्यहाँको सुरक्षा व्यवस्था गर्न शनिवार पुगेका असई ढुंगानाको आज पोखरास्थित मणिपाल अस्पतालमा निधन भएको कास्की प्रहरीले जनाएको छ ।  

अन्नपुर्ण वेसक्याम्पबाट फर्किनेक्रममा रहेका उनी हिजो मं‌गलबार अन्नपूर्ण गाउँपालिका ११ स्थित एक होटलमा बास बसेका थिए। 

सुत्ने बेला लेक लागेर स्वासप्रस्वासमा समस्या आएपछि उनलाई को आज बुधबार बिहान हेलिकप्टरबाट पोखरास्थित मणिपाल अस्पताल ल्याइएको थियो । तर उनको अस्पतालमा ल्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई राती नै स्वास्थ्य अवस्था जटिल भइसककाले ल्याउने क्रममै उनको निधन भएको चिकित्सकहरुको अनुमान छ । 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update