Public Pana
आजको मौसम : पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षा, उच्च पहाडी भूभागमा हिमपात 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

आज बुधबार दिउँसो देशभर आंशिक बदली रहनेछ ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

आज राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

mausam-11698801615.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update