Public Pana
डिजेल र मट्टितेल लिटरमा ४ रुपैयाँ घट्यो - विज्ञप्ति सहित

 नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ । निगमले आज मंगलबार विज्ञप्ति जारी गरी भोली बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेल प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर १६८ रुपैयाँ थियो ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ । यसअघि निगमले असोज २८ गते पेट्रोल लिटरमै ११ रुपैयाँ घटाएको थियो ।

nigam-1698762795.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update