Public Pana
ठगी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ

ठगी र सरकारी कागजात कीर्तेमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना प्रहरी पक्राउ परेका छन् ।

विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई हिजो सोमवार नेपाल प्रहरीले पक्राउ गरेको हो ।


तामाङ नक्कली सरकारी कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको बताइएको छ ।

तामाङलाई पक्राउ गरी अदालतबाट म्याद लिएर अनुसन्धान शुरू गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update