Public Pana
नेपाल आउदा प्रत्येक पटक आफू छक्क परेको संसद्मा गुटेरेसको भनाइ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आफू प्रत्येक पटक नेपाल आउँदा छक्क परेको बताएका छन् ।


पहिलो पटक सन् १९७० को दशकमा नेपाल आएको स्मरण गर्दै उनले मनमोहक नेपालमा फर्कन पाउनु सौभाग्य भएको पनि बताएका छन् । 


‘मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो,’ उनले सम्बोधनको क्रममा भने, ‘म यहाँ पहिलो पटक सन १९७० को दशकमा आएको हुँ । जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ।’


महिलाहरूको प्रतिनिधित्व जनसंख्यामा उनीहरूको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम रहेको पनि उनले सम्बोधनको क्रममा बताएका छन्।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update