Public Pana
नेपालले मलेसियालाई सजिलै हराउँदै एक खेलअघि नै सेमिफाइनलमा

आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा मलेसियालाई सजिलै हराउँदै घरेलु टोली नेपाल एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार दिउँसो सकिएको खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सहज जीत निकाल्दै समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको हो ।


मलेसियाले दिएको १६६ रनको मध्यम लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।


नेपालको जीतमा कुशल मल्लले अर्धशतीय पारी खेलेका थिए । मल्लले २५ बलमा ५२ रन बनाउँदै अर्धशतक प्रहार गरेका हुन् ।

उनी ३४ बलमा ६५ रन बनाएर आउट भए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update