Public Pana
अपडेट : मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमायो कुशल भुर्तेल / आउट

टी–२० क्रिकेट विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

कुशल भुर्तेल आउट भएका हुन् । विष्फोटक ब्याटिङ गरेका उनले २४ बलमा ४३ रन बनाए । 


५.२ ओभरमा ४९ रन बनाएको अवस्थामा नेपालले पहिलो विकेट गुमाएको हो । 


त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । नेपालले १६६ रनको लक्ष्य पछ्याइरहेको छ ।

kushal_bhurtel_cricet- ok1698748793.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update