Public Pana
अपडेट : लुम्बिनीमा महासचिव गुटेरेसको भ्रमण (तस्बिरहरू)

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । 


आइतबारबाट नेपालको चारदिने भ्रमणमा रहेका गुटेरेस सोमबार पोखरा पुगेका थिए। पोखराबाट अन्नपूर्ण बेसक्याम्प हुँदै लुम्बिनी पुगेका हुन् । 


उनलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायतले स्वागत गरे ।


लुम्बिनी क्षेत्रको अवलोकनका क्रममा गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरे। शान्तिदीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल गएका थिए । उनले वृक्षरोपणसमेत गरे ।


लगत्तै उनी लुम्बिनी विकास कोषको स्वागत समारोहमा सहभागी भए । 


यसैगरी, महासचिव गुटेरेसले विकास कोषमा राखिएको अतिथि आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् ।


महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक महत्वका विषयमा लुम्बिनी विकास कोषले जानकारी गराइएको थियो । 


गुटेरेस लुम्बिनी भ्रमण गर्ने राष्ट्रसङ्घका छैटौँ महासचिव हुन्।

राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा राष्ट्रसङ्घको महासचिवका रुपमा लुम्बिनी भ्रमण गर्ने प्रथम महासचिव हुन् । 
गुटेरेसको भ्रमणका क्रममा लुम्बिनीका तस्बिरहरूः

Antonio-gootress-lumbini_51698747317.jpg

Antonio-gootress-lumbini_61698747293.jpg

Antonio-gootress-lumbini_81698747270.jpg

Antonio-gootress-lumbini_91698747250.jpg

Antonio-gootress-lumbini_101698747229.jpg

Antonio-gootress-lumbini_41698747211.jpg

Antonio-gootress-lumbini_31698747191.jpg

Antonio-gootress-lumbini_21698747170.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update