Public Pana
मलेसियाविरुद्धको खेल जित्न नेपाललाई १६६ रनको लक्ष्य

आईसीसी टी–२० विश्वकप छनोटको दोस्रो खेलमा नेपालले १६६ रनको विजयी लक्ष्य पाएको छ ।


कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा  ९ विकेट गुमाउँदै १६५  रन जोड्न सफल भयो ।

सइद अजिजको अर्धशतकमा मलेसियाले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको समूह चरणको दोस्रो खेलमा नेपालसामु जितका लागि १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

मलेसियाका लागि सइद अजिजले सर्वाधिक ६८ रनको योगदान दिए। ४९ बलको सामना गरेका अजिजले ८ चौका र २ छक्का प्रहार गरे। १५ औं ओभरको चौथो बलमा गुलसन झाको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। 


जुवैदी जुलकिफ्ली २४ रन बनाउदा अविनास बोहोराको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। सरविन मुनियान्डी १३ रनमा क्याच आउट भए। 

पहिलो विकेटका लागि साइद अजिज र जुवैदी जुलफीक्रीले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। 

विजय उन्नी १३ रनमा नटआउट रहे। 
मलेसियाका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। 

नेपालका लागि अविनास बोहोरा एक्लैले चार विकेट लिए। सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एक विकेट आफ्नो नाममा गरे। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

NEPALI CRICET1698743933.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update