Public Pana
नायिका वर्षा ‘परदेशी– २’ पूर्ण खुशी

अभिनेत्री वर्षा सिवाकोटीले थुप्रै फिल्ममा अभिनय गरिन्। तर, डेव्यु फिल्म ‘नाई नभन्नु ल २’ र ‘पशुपति प्रसाद’ बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म लगातार असफल भए । 


आफुले अभिनय गरेका फिल्म असफल भएपनि वर्षालाई फिल्मको अभाव भने भएन। उनले हरेक बर्ष १-२ वटा फिल्ममा काम गरिरहेकी छिन्। उनको अभिनय र सुन्दरताको तारिफ हरेक  फिल्ममा हुने गरेको छ । जसले गर्दा उनलाई काम अभाव कहिले भएनन् ।


वर्षाले अभिनय गरेको फिल्म ‘परदेशी २’ यो वर्ष सुपरहिट भएको छ । नारायण रायमाझी निर्देशित यो पारिवारिक तथा सामाजिक फिल्मले दर्शकको मन मात्र जितेन, वर्षाको कामको पनि तारिफ भैरहेको छ। उनले फिल्ममा निवार्ह गरेको लुजाको भूमिका दर्शकले निकै रुचाएका छन् ।


दसैँको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा सुपरहिट भएपछि वर्षालाई ठूलो राहत मिलेको छ। अबका दिनमा आफूले टिम र ब्यानर हेरेर काम गर्ने तयारी गरेकाले हरेक वर्ष उनलाई कुनै न कुनै सिनेमाले बक्स अफिस सफलतासँगै खुशी दिइरहेन विश्वास छ ।


आउँदो बर्ष वर्षाको ‘काजी’ रिलिज हुनेछ । यो सिनेमामा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ। यसले, पनि उनलाई खुशी दिने अपेक्षा गर्न सकिन्छ ।


कलाकारको हरेक बर्ष रिलिज हुने सबै फिल्म चल्छन् भन्ने पक्का हुँदैन । तर, कुनै एक फिल्म मात्र बक्स अफिसमा सफल हुँदा उसको करिअरलाई ठूलो फाइदा मिल्छ ।

लामो समयपछि वर्षालाई ‘परदेशी २’ले यस्तै खुशी दिएको छ ।

चलचित्र पत्रकार तथा समीक्षकले समेत फिल्ममा अभिनयको कुरा गर्दा वर्षा र डेव्यु अभिनेता प्रकास सपुतको तारिफ गरेका छन् ।


फिल्मकी अर्की अभिनेत्री केकीले पनि  फिल्ममा संझनलायक काम गरेकी छिन् ।

तर,  फिल्मको प्रचारमा केही छायांमा परेकी वर्षा फिल्म रिलिज पश्चात दर्शक तथा मिडियाको केन्द्रमा परेकी छन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update