Public Pana
राष्ट्रसंघका महासचिवले टीआरसीमा देखाएको चासोमा एमाले भयो, रुष्ट 

संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगो लगाउन व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टीआरसी) पूरा हुनुपर्नेमा जोड लगाएका छन् ।

महासचिव गुटेरेसले पनि टीआरसी पास गर्न दलहरूलाई सुझाव दिएका छन् । तर, यसमा एमाले असन्तुष्ट देखिन्छ । 


सबै दलका नेतालाई भेटी टीआरसीमा सहमत हुन आग्रह गरेको देख्दा प्रतिपक्षि दल नेकपा एमालेले आपत्ती जनाएको छ । 
आज मंगलबार एन्टोनियोले संसद्का दुवै सदनलाई सम्बोधन गर्दै गर्दा एमालेल गुटेरेसको नेपाल भ्रमणलाई शंकाको नजरले हेर्नुकका साथै दबाबका रूपमा लिएका छन् । 


एमालेका सचेतक महेश बर्ताैलाले शान्ति प्रक्रियाको मुख्य विषय संक्रमणकालीन न्याय टुंगो लगाउन कसैको दबाब र प्रभाव स्वीकार नगर्ने बताए ।


संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा रहेको उक्त विधेयक यसै अधिवेशनमा संसद्मा पेस गरेर पारित गर्ने तयारी भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update