Public Pana
एबिसी क्याम्प पुगेर गुटरेसले भने जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको अवस्था जटिल रहेछ !

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ ।

जलवायु परिवर्तनको असरलाई बढवा दिन गर्न ठुला शक्तिराष्ट्रले मुख्य भूमिका खेलेपनि नेपालजस्तो मुलुकले समेत त्यसकोे परिणाम भोग्नु दुखद भएको उहाँको भनाई थियो । 

नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले मंगलबार अन्नपूर्ण बेसक्याम्पबाट फर्केपछि पोखरामा पत्रकारहरूलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताए ।

‘मैले भ्रमण गरेका र देखेका ठाउँहरूमा मान्छेहरू जलवायु परिवर्तनको कारणले धेरै पीडामा छन् गुटरेसले भन्नुभयो ः वास्तवमै हिमाली क्षेत्रको अवस्था जटिल छ ।’

 जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक रहेको भन्दै।उहाँले नेपाल हिम श्रृखंलाको धनी देश भएकाले यहाँको हिमाल र हिमनदी जोगाउनुपर्नेमा जोड दिनुभयो। 


जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै उनले यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार अन्नपूर्ण हिमाल फेदी एबिसी पुगेका गुटेरेसले जलवायु परिवर्तनका असरबारे स्थानीयसँग कुराकानी गर्नुभएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update