Public Pana
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी मंगलबार बिहान उनी बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् ।

पोखरा हुँदै लुम्बिनी पुगेका महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने अपेक्षा गरिएको छ । 

उनले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षण गर्नेछन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update