Public Pana
पहाडी भू–भागमा चट्याङसहित आज पनि वर्षा 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update