Public Pana
महासचिव गुटेरेसले संसद्को संयुक्त बैठक सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को संयुक्त बैठक आज बस्ने भएको छ । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन् । 

महासचिव गुटेरेस चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन् ।

आज अन्नपूर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गरेर दिउँसो उनी काठमाडौँ फर्कनेछन् । 


 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update