Public Pana
अपडेट : प्रधानाध्यापक हत्या प्रकरणमा महिला पक्राउ
सांकेतिक तस्बिर

कलैयाको बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्वर्णकारको गोली हानि हत्या प्रकरणका कलैया उपमहानगरपालिका–१ बस्ने एक महिलालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।


प्रहरीले महिलाको परिचय भने अनुसन्धानकै क्रममा रहेकोले बताएको छैन।

सोमबार दिउँसो करिब एक बजेको समयमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूको समूहले स्वर्णकारमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update