विधायन व्यवस्थापन समितिले तयार पार्यो शिक्षकको मर्यादाक्रम
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले तयार पारेको प्रस्तावमा शिक्षकको मर्यादासम्बन्धी व्यवस्था पनि समेटिएको छ ।
विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७औँ स्थानमा, विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९औँ स्थानमा छ ।
माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकलाई २०औँ स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१औँ स्थानमा राखिएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १९:३७
प्रतिक्रिया दिनुहोस्