Public Pana
प्रहरीले पक्राउ गरेपछि भोटेकोशीमा हाम फालेका तामाङ खोज्न सशस्त्रको गोताखोर परिचालन

रसुवाको गोसाईकुण्ड गाउँपालिका ५ रोङ्गा स्थित भोटेकोशी खोलामा हाम फाली बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ ।


कात्तिक ८ गते खोलामा हामी फाली बेपत्ता भएका गोसाईकुण्ड गाउँपालिका १ का अन्दाजी ४२ वर्षीय छिरिङ्ग तामाङ्गको खोजिका लागि गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।


कात्तिक ७ गते सामान्य विवादमा सोही ठाउँ बस्ने अन्दाजी ६३ वर्षीय फुर्पु छिरिङ्ग तामाङ्गलाई कुटपिट गरेपछि प्रहरी चौकी थुमनले सोधपुछको लागि ल्याउँदै गर्दा उनी भागेका थिए ।


मोटरसाईकलको पछाडी राखी जिल्ला प्रहरी कार्यालय रसुवा ल्याउने क्रममा गुडिरहेको मोटरसाईकल पल्टाएर भागेका उनी खोलामा हामफाली बेपत्ता भएका थिए ।


उनको खोजीकार्यको लागि सोमबार  सशस्त्र प्रहरी बल नेपाल नंं २० विपद् उद्धार उपत्यका गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको टोली उद्धारमा खटिएको डीएसपी थापाले बताए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update