Public Pana
 अपडेट : गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापकको मृत्यु

करिब एक घण्टा अगाडि बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका  प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ ।


बाराको सिडिओ नवराज सापकोटाका अनुसार घाइते प्रिन्सिपल स्वर्णकारको मृत्यु भएको हो ।


अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रजिअ सापकोटाले बताए ।


अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ । कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो ।


मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरिएको थियो ।

बारा प्रहरीका अनुसार स्वर्णकारको टाउको र छातीमा गोली प्रहार भएको थियो छ । स्वर्णकार कलैया ६ का बासिन्दा हुन् ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update