
अभिनेत्री स्वस्तिमा खड्का अहिले चर्चामा छिन् । उनको पछिल्लो फिल्म ‘पशुपति प्रसाद २ः भष्म डन’ अहिले सिनेमा हलमा प्रदर्शन भैरहेको छ ।
यो फिल्ममा मुख्य भूमिकामा देखिएकी अभिनेत्री खड्काको अभिनयलाई दर्शकले मन पराइरहेका छन् ।
यसैबीच, दुई सातापछि स्वस्तिमाको नयाँ फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी गृहिणीको भूमिकामा छिन् ।
फिल्ममा उनले अभिनेता खगेन्द्र लामिछानेको धर्मपत्नीको भूमिका निर्वाह गरेकी छिन् ।
स्वस्तिमा खड्काले इन्स्टाग्राममा शेयर गरेको तस्बिर तथा आजै दिउँसो अभिनेत्री आँचल शर्माले इन्स्टामै पोस्ट गरेको तस्बिरले सबैलाई आकर्षित बनाएको छ ।
अभिनेत्री शर्मा यतिबेला छुट्टि मनाउन श्रीमान् उदिप श्रेष्ठसंग फिलिपिन्स पुगेकी छिन् । फिलिपिन्सको समुद्री किनारमा उनले आज बिकिनी लगाएर फोटो शूटमात्र गरिनन्, सामाजिक सञ्चालमा पोस्ट समेत गरिन् । उनका तस्बिरले लाइक र कमेन्ट पाउने क्रम जारी छ ।
अभिनेत्री स्वस्तिमा खड्काले भने ‘दिमाग खराब’ फिल्मको गेटअपसहितको तस्बिर पोस्ट गरिन् ।
जसमा उनी ग्रामिण महिलाको लूक्समा देखिएकी छिन् । उनका तस्बिरले समेत राम्रै प्रतिक्रिया बटुलिरहेका छन् ।
नेपाली फिल्मका यी दुई लोकप्रिय अभिनेत्रीका दुई भिन्न अवतारका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् ।