Public Pana
अस्पतालको शौचालयबाट भागेका नेपाली पक्राउ

दाङमा अस्पतालको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका १९ वर्षीय विवेक नेपाली पक्राउ परेका छन् ।


घोराही उपमहानगरपालिका–१७ का नेपाली मोवाइल चोरी गरेको अभियोगमा शनिबार पक्राउ परेका थिए ।


सोमबार बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो। शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। पछि उनी प्रहरीलाई छलेर भागेका थिए । 


उनी घोराही–१८ नवलपुरको नाला छेउमा लुकेर बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । 


फरार भएका नेपालीलाई खोज्न डिएसपी जनक मल्लको कमान्डमा टोली खटिएको थियो । उनलाई केहिबेर अघि फेरी पक्राउ गरिएको हो । 


नेपालीलाई क्षेयरोग भएको आशंकामा अस्पताल लगिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update