Public Pana
बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गर्छौँ  : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाले बिगारेको सडक र खाल्डाखुल्डी ५० प्रतिशत मर्मत गरिएको उल्लेख गरेका छन् ।


प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा सोमबार उनले आउँदो तिहारअघि नै सम्पूर्ण सडक सञ्जाल मर्मत गरिसक्ने गरी काम भइरहेको बताएका हुन् ।


“दसैँअघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने योजना मन्त्रालयको थियो । तर, वर्षा नरोकिएका कारण दसैँअघि यो सम्भव भएन,” मन्त्री ज्वालाले भने, “दसैँअघि ५० प्रतिशत मात्र काम गर्न सक्यौँ । बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गरिसक्छौँ ।”
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update