Public Pana
अभिनेत्री मनिषा कोइराला बेलयतको ‘हाउस अफ कमन्स’मा सम्मानित
तस्बिर https://twitter.com/mkoirala बाट

अभिनेत्री मनीषा कोइराला बेलायती संसद भवन ‘हाउस अफ कमन्स’मा आयोजित समारोहमा सम्मानित भएकी छन् । 
बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले गत शुक्रबार आयोजना गरेको विशेष समारोहमा कोइरालालाई सम्मान गरेको हो ।
ब्रिटेनको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फातिमा पटेलले कोइरालालाई अवार्ड प्रदान गरेका हुन् । 
समाचार संस्थाले अभिनेत्री कोइरालाको सिनेमा, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि उक्त सम्मान गरिएको जनाएको छ ।
सांसद हुसेनले अभिनेत्री कोइरालाले तीन दशक बढी समयमा कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
बेलायतको दक्षिण एसियाली समुदायबीच लोकप्रिय उक्त अखबारलाई निःशुल्क वितरण गर्ने गरिन्छ ।

सम्मान पाएपछि मनिषाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा केही तस्विरहरु सांझा सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update