Public Pana
नेपालको पहिलो विकेट : आशिफ शेख आउट

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत सिंगापुरविरुद्ध नेपालको पहिलो विकेत पतन भएको छ। 

ओपनर आशिफ शेख २७ रनमा आउट भए। सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १० औं ओभरको खेल जारी रहँदा १ विकेट गुमाएर ८४ रन बनाएको छ। 


पहिलो विकेटका लागि आशिफ र कुशलले ८४ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुवात दिलाएका छन्। कुशल ५४ रनमा नटआउट छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update