Public Pana
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको पोखरा भ्रमण

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार (आज) पोखरा आउँदै छन् । उनको भ्रमण तालिका तय भइसकेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार सोमबार महासचिव गुटेरेस पोखरामा नै रहनेछन् । सोमबार उनले पोखराकै फिस्टेल लजमा रात बिताउनेछन् ।

उनी मंगलबार बिहान अन्नपूर्ण आधारशिविर जाने कार्यक्रम छ । गुटेरेसको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत पारिएको प्रजिअ घिमिरेले जानकारी दिए ।

महासचिव गुटेरेस अन्नपूर्ण आधारशिविर जाने कुराले त्यहाँका पर्यटन व्यवसायी पनि हर्षित छन् । आरोहणका दृष्टिले विश्वकै जेठो हिमालका रूपमा चर्चित अन्नपूर्णको आधारशिविरमा राष्ट्रसंघका महासचिव आउन लागेको विषयले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले बताए ।

जनप्रतिनिधिलगायत अगुवा सोमबार दिउँसोसम्म सो आधारशिविरमा पुग्ने तयारीमा छन् । अन्नपूर्ण आधारशिविरमा सबै व्यवस्थापनको जिम्मेवारी छोम्रोङ पर्यटन व्यवसायी समितिलाई दिइएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update