Public Pana
पाटन दरबार क्षेत्रमा राष्ट्रसंघका महासचिव गुटेरेस 

आज (आइतबार)बाट नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । 


उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवाले, पाटन दरबार क्षेत्रका प्रमुख मञ्जु सिह, सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेसहितले स्वागत गरे।


उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहर मानिन्छ। यो सहर बरदेवले स्थापना गराएका हुन्। पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ। 


गुटेरेस विभिन्न उच्चस्तरीय भेटवार्ता सकेर पाटन दरबार क्षेत्रको अवलोकनमा निस्किएका हुन्। 


प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्।


भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update