Public Pana
एमाले अध्यक्ष ओली र राष्ट्रसंघ महासचिव गुटरेसबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

महासचिव गुटरेसले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीसँग आइतबार अपराह्न नयाँ बानेश्वरमा भेटवार्ता गरेका हुन्।

महासचिव गुटरेस र अध्यक्ष ओलीबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको छ।

यसअघि गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update