Public Pana
महासचिव गुटेरेसद्धारा विपिन जोशीप्रति सुरक्षित घर फिर्तीको कामना 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गरेका छन् । 

आइतबारबाट चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेसले सिंहदबारमा एक पत्रकार सम्मेलन आयोजना गर्दै इजरायल–हमास युद्धमा बन्धक बनाइएकाहरूलाई बिनासर्त रिहाई गर्नुपर्ने बताए । 

‘इजरायलमा भएको आक्रमणमा परेर बेपत्ता भएका विपिन जोशीलाई सुरक्षित घर फर्कन मेरो तर्फबाट शुभकामना छ,’ उनले भनेका छन् । 

साथै, उनले निहत्था नागरिकहरूमाथिको आक्रमण्ढा कुनै पनि अवस्थामा न्यायोचित नहुने उल्लेख गरे। 

साथै, उनले हमासले गरेको आक्रमणबाट निधन भएका १० नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना समेत प्रकट गरेका छन्। 

‘हमासले गरेको आंतकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरु मारिएको घटनाप्रति उनीहरुका परिवारजनमा मेरो गहिरो समवेदना छ र हराईरहेका विपिन जोशी सुरक्षित रुपमा फर्किन्छन् भन्ने कामना गर्दछु,’ उनले भने। 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update