Public Pana
लेबनानमा शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते
फाइल तस्बिर

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका एकजना नेपाली सैनिक लेबनानमा गोली लागेर घाइते भएका छन् । 

घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन । 

इजरायल र हमासबीचको तनावकाबीच दक्षिणी लेबनानमा खटिएको बेला संयुक्त राष्ट्रसंघमा कार्यरत ती नेपाली शान्ति सैनिक घाइते भएका हुन् । 


संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् । 

लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) ले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update