Public Pana
अन्य दलसँग डर छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुनैपनि राजनीतिक दलहरूसँग आफूहरूको प्रतिस्पर्धा नभएको दाबी गरेका छन् । 

नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन पुगेका सभापति लामिछानेले सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिलेको चुनौती पार्टी निर्माण रहेको बताए । 


‘हामीले आफ्नै दल बनाउनुपर्ने भएकाले चुनौती हामीभित्रै छ,। हामीलाई के लाग्छ भने हामी जुन आशा र विश्वासका साथ नागरिकले जुन विश्वास गरेका छन्,’ सभापति लामिछानेले भने, ‘त्यसलाई हेरेर आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने बाहेक अहिले सोच्नुपर्ने अवस्था छैन ।’


अहिलेका लागि आफूहरूको चुनौती नै पार्टी निर्मँण रहेको उनले बताए। 

‘हाम्रा लागि चुनौती भनेकै पार्टी निर्माण हो,’ सभापति लामिछानेले भने।


तर, अन्य दलहरूलाई पनि आफूहरूले निरन्तर हेरिरहेको उनले बताए। ‘हामीले अगाडि पछाडि दायाँ बायाँ सबै दललाई नहेरेका होइनौं। तर मूल ध्यान आफ्नै दल बनाउनमा छ,’ सभापति लामिछानेले भने।

रास्वपा कुनै सिद्धान्त र वाद भन्दा पनि काम गर्ने कुरामा अघि बढेको उनले बताए। 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update