Public Pana
रक्सी खाएर महिलालाई दुव्र्यवहार गर्ने डीएसपी परे कारबाहीमा

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नयाव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई कारबाहीमा परेका छन् । 


कारबाहीमा परेपछि भट्टराईलाई हुम्लाबाट कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत तानिएको छ ।


कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानीरिक्षक  (डीआईजी) भीमप्रकास ढकालले भट्टराईलाई हुम्ला प्रहरीको जिम्मेवारीबाट हटाएर अनुसन्धानका लागि प्रदेशमा तानिएको जानकारी दिए । 


तर, डीआईजी ढकालले के विषयमा डीएसपी भट्टराई कारबाहीमा परेका हुन् भन्ने खुलाएनन् । 


‘भट्टराईमाथि अनुसन्धानका लागि प्रदेश तानिएको हो । उहाँमाथि थप अनुसन्धान भइरहेको छ,’ ढकालले भने ।  


प्रहरीका अनुसार भट्टराईले रक्सी खाएर एक महिलामाथि दुव्र्यवहार गरेको उजुरी परेपछि कारबाहीमा परेका हुन् ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update