Public Pana
भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर राष्ट्रपति पौडेलले आज पूजाअर्चना गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन् । 


बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज उनले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 
कार्यालयका अनुसार पौडेलले राष्ट्रप्रमुखका रूपमा अपरान्ह ४ बजे प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर नवदुर्गाको पूर्जा अर्चना एवम दर्शन गरेर प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।


बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रप्रमुखका रूपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर नवदुर्गाको पूर्जा अर्चना एवम दर्शन गरेर प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update