Public Pana
बुद्धले ल्यायो नयाँ जहाज  
फाइल तस्बिर

बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । बुद्धले नाइनएन– एओसी कलसाइन रहेको एटिआर–७२ जहाज शुक्रबार भित्र्याएको हो ।


नयाँ जहाजको आवश्यक कागजी प्रक्रियामा एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ ।
योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ । बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन् ।


हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ ।


’उडान संख्या उल्लेख्य वृद्धि भएसँगै यात्रुहरूले आफ्नो समय अनुकूल उडान भर्न सक्नेछन्,’ बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले भने ।


थपिएको जहाजका कारण नियमित मर्मत सम्भारमा पनि सहयोग हुने कम्पनीले जनाएको छ ।


बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ । त्यसैगरी अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update